डोटीमा पहिलो महिनावारी उत्सव : विभेद अन्त्यको सन्देश

Image
Nisarga Hospital

डोटीको दिपायल सिलगढी नगरपालिकाले पहिलो पटक किशोरीको पहिलो महिनावारीलाई सम्मानपूर्वक उत्सवका रूपमा मनाउँदै समाजमा सकारात्मक सन्देश दिएको छ। दिपायल सिलगढी नगरपालिका–२ की कक्षा ७ मा अध्ययनरत आयुसी सुनारको पहिलो महिनावारीलाई परिवार र समुदायको उपस्थितिमा उत्सवका रूपमा मनाइएको हो।

CP Hospital Dhangadhi

अझै पनि कतिपय ठाउँमा महिनावारी भएका किशोरीलाई विद्यालय जान रोक्ने, अलग राख्ने तथा विभिन्न विभेदपूर्ण व्यवहार गर्ने चलन कायम रहेका बेला यो कार्यक्रमलाई परिवर्तनको प्रयासका रूपमा हेरिएको छ। परिवारले महिनावारीलाई लाज नभई महिलाको प्राकृतिक जैविक प्रक्रिया र स्वास्थ्यसँग जोडिएको महत्वपूर्ण चरणका रूपमा स्वीकार गर्नुपर्ने सन्देश दिएको छ।

Attariya Hospital

आयुसीका बुवाले छोरीमाथि हुने कुप्रथा स्वीकार्य नभएको भन्दै आफू सधैं साथ र सहयोगमा रहने बताए। कार्यक्रममा सहभागी परिवारजनले महिनावारीका बेला किशोरीलाई माया, पोषण र आत्मविश्वास आवश्यक पर्ने धारणा राखेका थिए।

nawajiwan

नगरपालिकाले पारिवारिक संवाद तथा रूपान्तरण कार्यक्रममार्फत यस्तो अभियान अघि बढाएको जनाएको छ। महिला तथा बालबालिका शाखाका अनुसार यसले महिनावारीप्रतिको नकारात्मक सोच बदल्न मद्दत पुग्ने विश्वास गरिएको छ।