थापाको स्वागतमा मुख्यमन्त्री शाहको ‘युटर्न’ ? सुदूरपश्चिम कांग्रेसमा नयाँ सन्देश

Image
Nisarga Hospital

नेपाली कांग्रेसका सभापति Gagan Kumar Thapa लाई स्वीकार्न नसकिने अभिव्यक्ति दिँदै आएका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री Kamal Bahadur Shah पछिल्लो गतिविधिपछि नयाँ राजनीतिक चर्चामा तानिएका छन्।

विशेष महाधिवेशनपछि पहिलो पटक सुदूरपश्चिम पुगेका सभापति थापालाई स्वागत गर्न मुख्यमन्त्री शाह शनिबार धनगढी विमानस्थल पुगेपछि कांग्रेस वृत्तमा उनको ‘युटर्न’ बारे चर्चा सुरु भएको हो। थापा सुदूरपश्चिम प्रदेशस्तरीय भेलामा सहभागी हुन धनगढी आएका हुन्। विमानस्थलमा नेता–कार्यकर्ताले थापाको भव्य स्वागत गरेका थिए।

यसअघि निवर्तमान सभापति Sher Bahadur Deuba पक्षमा खुलेर उभिएका शाहले विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिप्रति असन्तुष्टि जनाउँदै आएका थिए। उनले थापाप्रति सार्वजनिक रूपमा आलोचनात्मक अभिव्यक्ति दिने गरेका थिए। तर शनिबार भने उनी आफ्ना मन्त्रीहरूसहित स्वागतका लागि विमानस्थल पुगेका देखिए।

यद्यपि देउवा पक्षीय मानिने प्रदेश सभापति Bir Bahadur Balayar र कैलाली सभापति Narayan Dutta Bhatt भने स्वागत कार्यक्रममा अनुपस्थित रहे।

कांग्रेसभित्र मुख्यमन्त्री शाहमाथि संसदीय दलको नेतृत्वबारे दबाब बढिरहेका बेला उनको पछिल्लो गतिविधिलाई राजनीतिक सन्देशका रूपमा हेरिएको छ। पार्टीभित्र आफ्नो शक्ति सन्तुलन जोगाउन शाह सभापति थापानजिक देखिन थालेको चर्चा कांग्रेस वृत्तमा चलिरहेको छ।

CP Hospital Dhangadhi