हर्मुज जलमार्गमा नयाँ नियम ल्याउने इरानको तयारी, तनाव झन् बढ्ने संकेत

Image
Nisarga Hospital

इरानले हर्मुज जलमार्ग हुँदै आवतजावत गर्ने जहाजहरूका लागि नयाँ नियम लागू गर्ने तयारी गरेको छ। यसका लागि उसले छुट्टै नियामक निकाय ‘पर्सियन गल्फ स्ट्रेट अथोरिटी (PGSA)’ गठन गरेको अमेरिकी मिडिया CNNले जनाएको छ।

CP Hospital Dhangadhi

नयाँ व्यवस्थाअनुसार जहाजहरूले नाम, पहिचान नम्बर, झण्डा, गन्तव्य, कार्गो विवरण तथा चालक दलको जानकारी समेटिएको ‘भेसल इन्फरमेसन डिक्लेरेसन’ फाराम अनिवार्य रूपमा बुझाउनुपर्नेछ। गलत जानकारी दिएमा जिम्मेवारी जहाज सञ्चालककै हुने चेतावनी समेत दिइएको छ।

Attariya Hospital

इरानले प्रक्रिया नपुर्‍याइ आवतजावत गर्ने जहाजमाथि कारबाही वा आक्रमण हुन सक्ने संकेत गरेको छ। तर वर्तमान तनाव र अमेरिका–इरान द्वन्द्वका कारण यो व्यवस्था तत्काल लागू हुने अवस्था छैन। हर्मुज जलमार्गमा जारी तनावबीच चीन र अमेरिका समेत कूटनीतिक समाधानका लागि सक्रिय छन्।

nawajiwan