अत्तरिया खानेपानीको मतगणना, ५०० मत गणनासम्म खड्का प्यानलको अग्रता

Image
Nisarga Hospital

अत्तरिया : अत्तरिया खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनको मतगणना शनिबार राति करिब ११ बजेदेखि सुरु भएको हो। प्रारम्भिक मतपरिणाम अनुसार ५०० मत गणना हुँदा अध्यक्ष पदका उम्मेदवार राजेन्द्र खड्काको प्यानलले अग्रता कायम गरेको छ।

CP Hospital Dhangadhi

निर्वाचन समितिका अनुसार शनिबार सम्पन्न मतदानमा कुल ५ हजार ७४२ मतदातामध्ये २ हजार ७७५ मत खसेको थियो। यससँगै निर्वाचनमा करिब ४८ प्रतिशत मतदाता सहभागिता रहेको जनाइएको छ।

Attariya Hospital

मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन अझ केही समय लाग्ने निर्वाचन समितिले जनाएको छ। प्रारम्भिक चरणमै राजेन्द्र खड्का नेतृत्वको प्यानलले उत्साहजनक अग्रता बनाएपछि समर्थकहरूमा खुसी छाएको छ।

nawajiwan

निर्वाचनको अन्तिम नतिजासँगै अत्तरिया खानेपानी संस्थाको आगामी नेतृत्व कसको हातमा जाने भन्ने स्पष्ट हुने छ। अहिले मतगणना स्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने उम्मेदवार तथा प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको छ।