५ किलोको मालासहित सचिव कोइरालालाई सम्मान, पर्यटन विकासका लागि ५ बुँदे माग

Image
Nisarga Hospital

कैलालीको बुढीतोला मा आयोजित ‘बुढीतोला पर्यटन महोत्सव’को समापन समारोहमा सुदूरपश्चिम प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव दीर्घनारायण कोइराला लाई ५ किलोको मालाले सम्मान गरिएको छ।

CP Hospital Dhangadhi

महोत्सव आयोजक बुढीतोला क्षेत्र पर्यटन प्रवर्द्धन समितिले समारोहका प्रमुख अतिथि रहेका कोइरालालाई विशेष सम्मान गर्दै बुढीतोला क्षेत्रको पर्यटन विकास र प्रवर्द्धनका लागि ५ बुँदे मागपत्र समेत हस्तान्तरण गरेको जनाएको छ।

Attariya Hospital

समितिले बुढीतोलालाई धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न आवश्यक पूर्वाधार निर्माण, प्रचारप्रसार र सरकारी सहयोगको माग गरेको छ। महोत्सव समापनसँगै स्थानीय पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ।

nawajiwan