एसईई नतिजा आज सार्वजनिक हुँदै: साँझ ८ बजे पत्रकार सम्मेलन, ९ बजेपछि अनलाइनबाट हेर्न सकिने

Image
Nisarga Hospital

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक गर्ने भएको छ। परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार आज साँझ ८ बजे पत्रकार सम्मेलनमार्फत औपचारिक रूपमा नतिजा घोषणा गरिनेछ भने विद्यार्थीले ९ बजेपछि विभिन्न माध्यमबाट नतिजा हेर्न सक्नेछन्।

CP Hospital Dhangadhi

बोर्डले बैठक सम्पन्न गर्दै नतिजा सार्वजनिक गर्ने निर्णय गरिसकेको छ। यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ गतेसम्म सञ्चालन गरिएको थियो। विशेषगरी परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गरिएको कारण नतिजा छिटो सार्वजनिक गर्न सम्भव भएको बोर्डले जनाएको छ।

यस वर्ष एसईई परीक्षामा कुल ५ लाख १२ हजार ४२१ विद्यार्थीले आवेदन दिएका थिए। जसमा नियमिततर्फ ४ लाख ४१ हजार ५६६ जना र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जना सहभागी भएका थिए। छात्रा २ लाख ५७ हजार ६१३, छात्र २ लाख ५४ हजार ८०१ तथा अन्य ७ जना रहेको तथ्यांक छ।

nawajiwan

कसरी हेर्ने नतिजा ?

एसएमएस र आईभीआरबाट नतिजा हेर्ने तरिका

Attariya Hospital

–नेपाल टेलिकम: १६०० (SMS/USSD र IVR सेवा)
–जानकी टेक्नोलोजी: ३५००१ (SMS सेवा मात्र)
–एम्बिसन गुरु: ३१०६९ (SMS सेवा मात्र)

वेबसाइटबाट कसरी ?

–आधिकारिक सरकारी साइट: www.see.gov.np र www.neb.gov.np
–नेपाल टेलिकम: www.see.ntc.net.np
–कान्तिपुर पब्लिकेसन्स: www.ekantipur.com
–इडियु सञ्जाल: www.see.edusanjal.com
–खल्ती: https://khalti.com/app

विद्यार्थी, अभिभावक र विद्यालयहरू नतिजाको प्रतीक्षामा रहेका छन् भने आजको नतिजाले हजारौं विद्यार्थीको शैक्षिक भविष्यको बाटो तय गर्नेछ।