
कैलालीको चुरे गाउँपालिका–५ स्थित भासु भीर नजिक सोमबार साँझ ट्याक्टर दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार से १ त २०९ नम्बरको ट्याक्टर सडकमा अनियन्त्रित भई सडक किनारामा पल्टिएको हो । दुर्घटनामा ट्याक्टरमा सवार टेक बहादुर पुन र लीला ठगुन्ना घाइते भएका छन् ।

घाइते टेक बहादुर पुनको उमेर ३६ वर्ष र लीला ठगुन्नाको उमेर ३२ वर्ष रहेको प्रहरीले जनाएको छ । दुर्घटनापछि स्थानीयवासी र प्रहरीले तत्काल उद्धार गरी दुवै जनालाई थप उपचारका लागि धनगढी पठाएको जनाएको छ । दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

































