
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारीमा स्कारपियोको ठक्करबाट सशस्त्र प्रहरीका एक जवान घाइते भएका छन् ।

सोमबार साँझ लु प्र ०१–००१ च २८०६ नम्बरको स्कारपियोले साइकललाई ठक्कर दिँदा ओमबहादुर चन्द घाइते भएका हुन् । उनी सशस्त्र प्रहरी बल नेपाल अन्तर्गत ३५ नम्बर शैलेश्वरी गणमा कार्यरत रहेका छन् ।

घाइते चन्दको झलारीस्थित टी एण्ड सी अस्पतालमा उपचार भइरहेको र अवस्था मध्यम रहेको जनाइएको छ । दुर्घटनापछि स्कारपियो चालक बैतडीको पाटन नगरपालिका–६ निवासी नरेश पन्त लाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

































