कांग्रेसमा १९ सदस्यीय नयाँ मनोनयन : सुदूरपश्चिमबाट थप तीन जना केन्द्रिय सदस्य मनोनीत

Image
Nisarga Hospital

नेपाली कांग्रेस का सभापति गगन थापा ले पार्टीको केन्द्रीय कार्यसमितिमा १९ जना नयाँ सदस्य मनोनीत गरेका छन् । उनले पूर्वसभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला समूहका नेताहरूलाई समेत समेट्दै सन्तुलन कायम गर्ने प्रयास गरेका हुन् ।

CP Hospital Dhangadhi

मनोनीत हुनेमा सुदूरपश्चिमबाट तीन जना परेका छन् । दार्चुलाका दिलेन्द्रप्रसाद बडू, कैलालीकी सुशिला मिश्र भट्ट र डा. जीवन राना केन्द्रीय सदस्यमा परेका छन् ।

Attariya Hospital

अन्य सदस्यमा महेन्द्र यादव, जीवन परियार, उमेश श्रेष्ठ, रमेश रिजाल, सुजाता कोइराला, डा. चन्द्रकान्त भण्डारी, अजयकुमार चौरसिया, लक्ष्मी परियार, आङ्गेलु शेर्पा, दिनेशकुमार यादव, राजीव कोइराला, राजीव ढुंगाना, प्रा.डा. गोविन्दराज पोखरेल, नागिना यादव, दिनेश कोइराला र सीता थपलिया (उर्मिला) रहेका छन् ।

nawajiwan

पार्टीभित्र विभिन्न गुटबीच सन्तुलन मिलाउने रणनीतिका रूपमा यो मनोनयनलाई हेरिएको छ ।