सैनिक आवासीय महाविद्यालय तेघरीको SEE मा उत्कृष्ठ नतिजा: २० जनाले ल्याए A+

Image
Nisarga Hospital
अत्तरियाः कैलालीको गोदावरी नगरपालिका वडा नं. २ तेघरीस्थित श्री सैनिक आवासीय महाविद्यालयले माध्यमिक शिक्षा परीक्षा (SEE) २०८२ मा उत्कृष्ट सफलता हासिल गरेको छ। विद्यालयबाट परीक्षामा सहभागी भएका सम्पूर्ण विद्यार्थीहरू उत्तीर्ण भई नतिजा ल्याउन सफल भएका छन्।
CP Hospital Dhangadhi
nawajiwan
सैनिक आवासीय महाविद्यालय तेघरीका प्रमुख व्यवस्थापक सेनानी खिल बहादुर रानाका अनुसार यस वर्ष परीक्षामा कुल ९० जना विद्यार्थी सम्मिलित भएका थिए। जसमध्ये २० जनाले ‘A+’ ग्रेड प्राप्त गरी उत्कृष्ट नतिजा ल्याएका छन्।
Attariya Hospital
ग्रेडगत विवरण:
    • ‘A+’ ग्रेड: २० जना (GPA ३.६१ – ४.००)
    • ‘A’ ग्रेड: ५० जना (GPA ३.२१ – ३.६०)
    • ‘B+’ ग्रेड: १६ जना (GPA २.८१ – ३.२०)
    • ‘B’ ग्रेड: २ जना (GPA २.४१ – २.८०)

उत्कृष्ट नतिजा आएसँगै विद्यालय प्रशासनले सम्पूर्ण उत्तीर्ण विद्यार्थी, शिक्षक शिक्षिका तथा अभिभावकहरूमा बधाई एवं शुभकामना व्यक्त गरेको छ।