अत्तरियाको दुर्गालक्ष्मी नमूना माविको SEE मा ६० प्रतिशत बढी विद्यार्थी उत्तीर्ण, १३ जनाले ल्याए ‘ए प्लस’

Image
Nisarga Hospital
अत्तरिया: कैलालीको गोदावरी नगरपालिका–२, अत्तरियामा रहेको दुर्गालक्ष्मी नमूना माध्यमिक विद्यालयले शैक्षिक वर्ष २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरण अनुसार विद्यालयको समग्र नतिजा उत्साहजनक देखिएको छ।
CP Hospital Dhangadhi
विद्यालयले एक सूचना जारी गर्दै परीक्षामा सहभागी भई उत्कृष्ट नतिजा ल्याउन सफल सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेको छ। साथै, यो शैक्षिक सफलता प्राप्त गर्न योगदान पुर्‍याउने शिक्षक, कर्मचारी, अभिभावक, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ र सम्पूर्ण सरोकारवालाहरूलाई प्रधानाध्यापक बिर सिंह महताले धन्यवाद ज्ञापन गर्नुभएको छ।
Attariya Hospital
यस्तो छ जीपीए अनुसारको विवरण:
सार्वजनिक तथ्यांक अनुसार यस वर्ष परीक्षामा सहभागी कुल विद्यार्थीहरूमध्ये ६०.१८ प्रतिशत (१९५ जना) विद्यार्थीहरू उत्तीर्ण (Graded) हुन सफल भएका छन्। उत्तीर्ण विद्यार्थीहरूको जीपीए विवरण यस प्रकार छ:
nawajiwan
  • ३.६ देखि ४.० जीपीए (A+): १३ जना
  • ३.२ देखि ३.६ जीपीए (A): ३८ जना
  • २.८ देखि ३.२ जीपीए (B+): ७९ जना
  • २.४ देखि २.८ जीपीए (B): ५८ जना
  • २.० देखि २.४ जीपीए (C+): ७ जना
  • १.६ देखि २.० जीपीए (C): ० जना
विद्यालयका अनुसार परीक्षामा सहभागी विद्यार्थीहरूमध्ये ३९.८१ प्रतिशत (१२९ जना) विद्यार्थीहरूको नतिजा ‘नन ग्रेडेड’ (NG) आएको छ।