धनगढीको डिस्कभरी माविको चम्किलो सफलता: SEE २०८२ मा ९२ प्रतिशत नतिजा,अनुपराजले ल्याए ४ GPA

Image
Nisarga Hospital

डिस्कभरी माध्यमिक विद्यालयले माध्यमिक शिक्षा परीक्षा (SEE) २०८२ मा उल्लेखनीय सफलता हासिल गर्दै धनगढीको शैक्षिक क्षेत्रमा आफ्नो सशक्त उपस्थिति पुनः प्रमाणित गरेको छ। विद्यालयले यस वर्ष ९२ प्रतिशत नतिजा ल्याउन सफल भएको जनाएको छ।

CP Hospital Dhangadhi

विद्यालयका अनुपराज गिरीले ४ GPA हासिल गर्दै उत्कृष्टता देखाएका छन्। ३.६ देखि ४ GPA समूहमा ११ जना, ३.२ देखि ३.६ मा २० जना, २.८ देखि ३.२ मा १६ जना तथा २.४ देखि २.८ GPA मा १ जना विद्यार्थी उत्तीर्ण भएका छन्।

Attariya Hospital

पछिल्ला वर्षहरूमा पनि उत्कृष्ट नतिजा निकाल्दै आएको विद्यालयले यसपटक पनि आफ्नो शैक्षिक गुणस्तरलाई निरन्तरता दिएको छ। विद्यालय प्रशासनले विद्यार्थीको मेहनत, शिक्षकको समर्पण र अभिभावकको साथलाई सफलताको मुख्य आधार बताएको छ।

nawajiwan