
बैतडी जिल्लामा लगातार परेको चट्याङका घटनाले जनजीवन प्रभावित बनेको छ। विभिन्न स्थानमा चट्याङ पर्दा पशुचौपायाको मृत्यु हुनुका साथै जिल्लाभर विद्युत् सेवा अवरुद्ध भएको प्रहरीले जनाएको छ।

Dasharathchand Municipality–२ देहिमाण्डौमा सोमबार दिउँसो करिब साढे ३ बजे परेको चट्याङबाट स्थानीय भुवन बोहराका दुई वटा बाख्रा मरेका छन्। वनबाट बाख्रा चराएर घर फर्कने क्रममा परेको चट्याङबाट अर्को एक बाख्रा घाइते भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

त्यस्तै, Surnaya Rural Municipality–७ झार्कुमा मङ्गलबार बिहान करिब साढे ३ बजे स्थानीय डम्मर महराको घरमा चट्याङ पर्दा एउटा भैँसी र एउटा बाख्रा मरेका छन्। घटनाबारे वडा सदस्य लालबहादुर महराले प्रहरी चौकी शङ्करपुरलाई जानकारी गराएपछि प्रहरी वरिष्ठ हवल्दार पदम धामीको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता तथा प्रहरी निरीक्षक Baldev Baduका अनुसार दुवै घटनामा मानवीय क्षति नभए पनि पशुधनमा क्षति पुगेको छ। चट्याङका कारण जिल्लाका विभिन्न क्षेत्रमा विद्युत् सेवा समेत अवरुद्ध हुँदा स्थानीय बासिन्दा समस्यामा परेका छन्।
































