सुदूरपश्चिमका १० विद्यार्थीले ल्याए ४ GPA, हजारौँ विद्यार्थी ननग्रेड

Image
Nisarga Hospital

सुदूरपश्चिममा यस वर्षको एसईई परीक्षामा १० जना विद्यार्थीले उत्कृष्ट ४ GPA प्राप्त गरेका छन्। शिक्षा विकास निर्देशनालय डोटीका अनुसार २०८२ सालको एसईई परीक्षामा कैलालीका ४ जना र कञ्चनपुरका ६ जना विद्यार्थीले ४ GPA हासिल गर्दै प्रदेशको गौरव बढाएका हुन्।

CP Hospital Dhangadhi

त्यस्तै, प्रदेशभर ३.६० देखि ४ GPA ल्याउने विद्यार्थीको संख्या १ हजार ४१४ रहेको जनाइएको छ। यस वर्ष सुदूरपश्चिमबाट कुल ४२ हजार २९९ विद्यार्थी एसईई परीक्षामा सहभागी भएका थिए।

Attariya Hospital

तर नतिजाले चुनौतीपूर्ण अवस्था पनि देखाएको छ। सहभागीमध्ये २० हजार ६३५ विद्यार्थी ननग्रेड भएका छन्, जसले शैक्षिक गुणस्तर सुधार र विद्यार्थीको सिकाइ स्तरमा थप ध्यान दिनुपर्ने आवश्यकता औँल्याएको छ।

nawajiwan

यसपटकको नतिजाले एकातिर उत्कृष्ट उपलब्धि हासिल गर्ने विद्यार्थीको सफलता देखाएको छ भने अर्कोतर्फ शिक्षा क्षेत्रमा सुधारको आवश्यकता पनि उजागर गरेको छ।