
कञ्चनपुर: ज्ञानोदय गुरुकुल वर्ल्ड स्कुल ले विद्यार्थीहरूको सुरक्षा र भविष्यलाई मध्यनजर गर्दै अध्ययनरत सम्पूर्ण ४ सय ६० जना विद्यार्थीलाई निःशुल्क बिमा सुविधा प्रदान गरेको छ। विद्यालयले प्रत्येक विद्यार्थीका लागि १ लाख रुपैयाँ बराबरको बिमा सुरक्षा व्यवस्था गरेको जनाएको छ।

विद्यालय प्रशासनका अनुसार विद्यार्थीहरू विद्यालय आउँदा–जाँदा वा अध्ययनका क्रममा हुन सक्ने आकस्मिक जोखिमलाई ध्यानमा राख्दै बिमा कार्यक्रम सञ्चालन गरिएको हो। यस कदमलाई अभिभावक तथा स्थानीय समुदायले विद्यालयको जिम्मेवार र उदाहरणीय कार्यको रूपमा प्रशंसा गरेका छन्।

विद्यालयका प्रिन्सिपल मनोज कुमार भट्ट ले शिक्षा केवल पाठ्यपुस्तकमा सीमित नभई विद्यार्थीको समग्र सुरक्षा र भविष्यसँग जोडिएको विषय भएको बताए। उनले भने, “विद्यार्थी सुरक्षित भए मात्रै सिकाइ प्रभावकारी हुन्छ। अभिभावकलाई पनि आफ्ना छोराछोरीप्रति थप भरोसा दिलाउने उद्देश्यले विद्यालयले निःशुल्क बिमा सुविधा उपलब्ध गराएको हो।”
उनका अनुसार विद्यालयले आगामी दिनमा पनि विद्यार्थीमैत्री तथा गुणस्तरीय शैक्षिक वातावरण निर्माणसँगै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ।


विद्यालयको यस निर्णयपछि अभिभावकहरूमा थप उत्साह देखिएको छ भने निजी विद्यालय क्षेत्रमै यो कार्यक्रम उदाहरणीय पहलका रूपमा हेरिएको छ।
उनका अनुसार छुटेका र जेठको पहिलो हप्तासम्म नयाँ भर्ना हुन आउने सम्पुर्ण विद्यार्थीहरुको समेत विद्यालयले विमा सुविधा प्रदान गर्नेछ। विद्यालयमा कार्यरत सम्पुर्ण २९ जना शिक्षक शिक्षिका लगायत स्टापको समेत विमा सुविधा गराईएको छ।
विद्यालयले आगामी दिनमा पनि विद्यार्थीमैत्री तथा गुणस्तरीय शैक्षिक वातावरण निर्माणसँगै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ। विद्यालयको यस निर्णयपछि अभिभावकहरूमा थप उत्साह देखिएको छ भने निजी विद्यालय क्षेत्रमै यो कार्यक्रम उदाहरणीय पहलका रूपमा हेरिएको छ।































