अत्तरियाको सत्यवती एकेडेमीको ऐतिहासिक सफलता: एसईईमा ९१.८१% विद्यार्थी उत्तीर्ण, निश्चल रानाले ल्याए ३.९५ जीपीए

Image
Nisarga Hospital
माध्यमिक शिक्षा परीक्षा (SEE) २०८२ मा अत्तरियामा रहेको सत्यवती एकेडेमी (SAK) का विद्यार्थीहरूले उत्कृष्ट प्रदर्शन गर्दै विद्यालयको साख उच्च राखेका छन्। सार्वजनिक नतिजा अनुसार विद्यालयका कुल ११० जना विद्यार्थीहरू परीक्षामा सहभागी भएकोमा १०१ जना सफलतापूर्वक उत्तीर्ण हुन सफल भएका छन्। विद्यालयको कुल उत्तीर्ण प्रतिशत ९१.८१% रहेको छ।
CP Hospital Dhangadhi
nawajiwan
जिपिए अनुसारको नतिजा विवरण:
विद्यालयका बहुसंख्यक विद्यार्थीहरूले उच्च श्रेणीको जीपीए प्राप्त गरेका छन्। उत्तीर्ण विद्यार्थीहरूको संख्यात्मक वर्गीकरण यस प्रकार छ:
    • ३.६ देखि ४.० जीपीए: १९ जना
    • ३.२ देखि ३.६ जीपीए: ४५ जना
    • २.८ देखि ३.२ जीपीए: ३१ जना
    • २.४ देखि २.८ जीपीए: ६ जना

निश्चल राना बने विद्यालय टपर
Attariya Hospital
यस वर्षको परीक्षामा सत्यवती एकेडेमीका छात्र निश्चल रानाले ३.९५ जीपीए प्राप्त गर्दै विद्यालय प्रथम (टपर) हुन सफल भएका छन्।
विद्यालयको बधाई सन्देश
विद्यार्थीहरूको यो सानदार सफलतामा खुसी व्यक्त गर्दै सत्यवती एकेडेमीले सम्पूर्ण उत्तीर्ण विद्यार्थी, शिक्षक वर्ग र अभिभावकहरूमा हार्दिक बधाई ज्ञापन गरेको छ।
विद्यालय प्रशासनले भनेको छ, “तपाईंहरूको कडा परिश्रम, समर्पण र रातभरिको अध्ययनले अन्ततः सुखद नतिजा ल्याएको छ। यो उपलब्धि एउटा अध्यायको अन्त्य मात्र नभएर उज्यालो भविष्यको सुरुवात हो। आफूमाथि विश्वास राख्दै, निरन्तर सिक्दै आफ्ना सपनाहरू पछ्याउन कहिल्यै नरोकिनुहोला। सम्पूर्ण विद्यार्थीहरूको आगामी सुखद भविष्य, सफलता र अनन्त अवसरहरूको कामना गर्दछौँ। सत्यवतीलाई तपाईंहरू सबैप्रति गर्व छ।”