पहिलो प्रयासमै शतप्रतिशत नतिजा: एपेक्स एकेडेमी गोदावरीको उत्कृष्ट सफलता

Image
Nisarga Hospital

अत्तरिया: कैलालीको गोदावरी नगरपालिका–४ बसन्तपुरस्थित एपेक्स एकेडेमीले एसईई २०८२ को परीक्षामा पहिलो सहभागितामै शतप्रतिशत नतिजा हासिल गर्दै उल्लेखनीय सफलता प्राप्त गरेको छ। विद्यालयबाट सहभागी १६ जना विद्यार्थी सबै उत्तीर्ण भएका छन्।

CP Hospital Dhangadhi

विद्यालयका अनुसार ४ जनाले ए प्लस, ९ जनाले ए, २ जनाले बी प्लस र १ जनाले बी जिपिए प्राप्त गरेका छन्। दीक्षित भट्ट ३.८४ जिपिएसहित विद्यालय प्रथम बनेका छन् भने समीक्षा भण्डारीले ३.७७ र अनमोल भट्टले ३.७० जिपिए हासिल गरेका छन्।

Attariya Hospital

गणित विषयमा ३ जना र अतिरिक्त गणितमा ४ जना विद्यार्थीले पूर्ण ४ जिपिए प्राप्त गर्नु विद्यालयका लागि थप गौरवको विषय बनेको छ।

nawajiwan

विद्यालयका प्रिन्सिपल समीर महराले विद्यार्थीको मेहनत, शिक्षकको समर्पण र अभिभावकको विश्वासले यो उपलब्धि सम्भव भएको बताए। पहिलो एसईई ब्याचमै प्राप्त सफलताले एपेक्स एकेडेमीलाई यस क्षेत्रको उदाउँदो शैक्षिक गन्तव्यका रूपमा स्थापित गरेको छ।