इरान–साउदी तनाव चुलियो: गोप्य सैन्य आक्रमणको दाबी सार्वजनिक

Image
Nisarga Hospital

रोयटर्सको रिपोर्ट अनुसार इरान–साउदी तनावबीच साउदी अरबले इरानभित्र गोप्य रूपमा सैन्य आक्रमण गरेको दाबी सार्वजनिक भएको छ । दुई पश्चिमी र दुई इरानी अधिकारीलाई उद्धृत गर्दै मार्च अन्त्यतिर साउदी हवाई सेनाले विभिन्न स्थानमा प्रतिआक्रमण गरेको जनाइएको छ । ती आक्रमण पहिले सार्वजनिक नभएको र साउदी भूमिमा भएका इरानी आक्रमणको जवाफी कारबाहीका रूपमा गरिएको बताइएको छ ।

CP Hospital Dhangadhi

यदि दाबी पुष्टि भए साउदीले पहिलोपटक प्रत्यक्ष रूपमा इरानी भूमिमा सैन्य कारबाही गरेको हुनेछ । यसले दुई क्षेत्रीय प्रतिस्पर्धीबीच तनाव थप चुलिएको विश्लेषण गरिएको छ । रिपोर्टमा लक्ष्यबारे स्पष्ट विवरण छैन । साउदी विदेश मन्त्रालयका अधिकारीले प्रत्यक्ष पुष्टि नगरे पनि तनाव घटाउने नीति कायम रहेको बताएका छन् ।

Attariya Hospital

यसबीच अमेरिका र इजरायलको फेब्रुअरी २८ को हवाई आक्रमणपछि क्षेत्रीय तनाव बढेको उल्लेख छ । त्यसपछि इरानले खाडी क्षेत्रका छ देशमा मिसाइल र ड्रोन आक्रमण गरेको दाबी गरिएको छ । इरानले अमेरिकी अड्डा, विमानस्थल र तेल पूर्वाधारलाई निशाना बनाएको जनाइएको छ । होर्मुज जलडमरू बन्द गरिएको र विश्व व्यापार प्रभावित भएको उल्लेख छ ।

nawajiwan

यूएईले पनि इरानविरुद्ध कारबाही गरेको दाबी सार्वजनिक भएको छ । यद्यपि साउदीले कूटनीतिक संवाद जारी राखेको बताइएको छ । रियाद र तेहरानबीच राजदूतस्तरको नियमित संवाद भइरहेको रिपोर्टमा उल्लेख छ बताइएको छ ।