


मन्त्रालय र निर्माण कम्पनीबीच गत २०८३ साल वैशाख २३ गते (सन् २०२६ मे ६) मा सम्झौता पत्रमा हस्ताक्षर भएको थियो। ‘कन्ट्राक्ट नम्बर: MoEST/CLPIU/GoN/Works/2082-083/NCB-02’ अन्तर्गत नेपालका ५ वटा जिल्लाहरू—दाङ, रोल्पा, बाँके, सुर्खेत र कैलालीका २ हजारभन्दा बढी विद्यार्थी संख्या भएका विद्यालयहरूमा भवन निर्माण गर्न लागिएको हो।

शिलान्यास कार्यक्रममा बोल्दै गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले दुर्गालक्ष्मी माध्यमिक विद्यालय यस क्षेत्रकै एक ऐतिहासिक र गरिमामय शैक्षिक संस्था भएकाले यसको भौतिक तथा शैक्षिक विकासमा नगरपालिका सधैं गम्भीर रहेको बताउनुभयो। नगर प्रमुख भट्टले भन्नुभयो, “४ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत यस विद्यालयमा आधुनिक र व्यवस्थित भवनको अत्यन्तै आवश्यकता थियो। यो योजना समयमै र गुणस्तरीय रूपमा सम्पन्न गर्न नगरपालिकाका तर्फबाट पूर्ण सहयोग र नियमित अनुगमन हुनेछ।” उहाँले सुविधासम्पन्न भौतिक पूर्वाधार निर्माण भएसँगै विद्यालयको शैक्षिक गुणस्तरमा समेत अझै ठूलो फड्को मार्ने विश्वास व्यक्त गर्नुभयो।
भवन निर्माणका लागि वैशाख २३ गते सम्झौता गरिएको थियो । उक्त भवन निर्माणको अवधि १८ महिना रहेको छ । भवन निर्माण भएमा पठनपाठनमा सहज हुने गोदावरी नगरपालिकाका मेयर भट्टले बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि भट्टराईले विभिन्न कारणले रोकिएको भवन निर्माणको काम आफूहरू आएपछि पुनः अघि बढाइएको बताएका छन्। उनले नयाँ भवन निर्माणपछि पठनपाठन थप व्यवस्थित र सहज हुने उल्लेख गरे। साथै विद्यालयमा छात्रावास निर्माणका लागि पनि प्रक्रिया अघि बढाइएको जानकारी दिँदै होस्टेल बनेपछि विद्यार्थीको अध्ययन वातावरण अझ प्रभावकारी बन्ने विश्वास व्यक्त गरे।



































