प्रदेश–स्थानीय विवादले लम्कीचुहा अस्पताल स्तरोन्नति अल्झियो, सेवा प्रवाह प्रभावित

Image
Nisarga Hospital

कैलालीको लम्कीचुहा नगरपालिकास्थित लम्कीचुहा अस्पताललाई प्रादेशिक अस्पतालमा स्तरोन्नति गर्ने प्रक्रिया प्रदेश सरकार र स्थानीय तहबीचको विवादका कारण अल्झिएको छ। प्रदेश सरकारले अस्पताललाई ५० शय्याको प्रादेशिक अस्पताल बनाउने निर्णयसहित व्यवस्थापकीय प्रक्रिया अघि बढाए पनि नगरपालिकाले त्यसलाई स्वीकार नगरेपछि टकराव चर्किएको हो।

CP Hospital Dhangadhi

प्रदेश सरकारले डा. कमलेशप्रसाद यादवलाई निमित्त मेडिकल सुपरिटेन्डेन्ट र लेखा अधिकृत गणेश विष्टलाई खटाए पनि नगर प्रमुख सुशीला शाहीले उनीहरूलाई अस्पतालबाट फर्काएकी छन्। नगरपालिकाको भनाइमा अस्पताल औपचारिक रूपमा हस्तान्तरण नभएकाले प्रदेशका प्रतिनिधिलाई काम गर्न अनुमति दिन नसकिने अवस्था रहेको छ।

विवादको मूल कारण १५ शय्याको आधारभूत अस्पताललाई ५० शय्याको प्रादेशिक अस्पताल बनाउने निर्णय र त्यसअनुसार गठन गरिएको व्यवस्थापन समिति रहेको बताइएको छ। प्रदेश सरकारले आवश्यक दरबन्दी स्वीकृत गरी संरचना तयार पारे पनि स्थानीय तहले अपनत्वको प्रश्न उठाउँदै प्रक्रिया अवरोध गरेको छ।

nawajiwan
Attariya Hospital

यसैबीच, मुद्दा सर्वोच्च अदालतसम्म पुगे पनि अन्तरिम आदेश नआएपछि प्रदेश सरकारले प्रक्रिया अघि बढाएको छ। तर स्थानीय तहको अवरोधले अस्पतालको पूर्ण सञ्चालनमा ढिलाइ भएको छ।

अस्पताल प्रशासनका अनुसार स्वास्थ्य सेवा निरन्तर भए पनि स्वास्थ्य बिमा र प्रशासनिक काम प्रभावित भएका छन्। दुवै तहबीच सहमति नहुँदा अस्पताल विकासको प्रक्रिया अझै अनिश्चित बनेको छ।