निर्माण व्यवसायी संघ कैलालीको सपथग्रहण तथा पदस्थापन सम्पन्न

Image
Nisarga Hospital

धनगढीः निर्माण व्यवसायी संघ कैलालीको २९औं वार्षिक साधारण सभा एवं १२औं अधिवेशनबाट निर्वाचित पदाधिकारीहरुको सपथग्रहण तथा पदस्थापन कार्यक्रम सम्पन्न भएको छ ।

CP Hospital Dhangadhi

बैशाख २५ गते सम्पन्न अधिवेशनबाट निर्वाचित पदाधिकारीहरुलाई आयोजित विशेष समारोहबीच सपथ ग्रहण गराइएको हो । सम्पन कार्यक्रममा प्रमुख अतिथिका रुपमा नेपाल निर्माण व्यवसायी महासंघका उपाध्यक्ष प्रकाश बहादुर सेठी सहभागी भएका थिए ।

यस्तै कार्यक्रममा निर्माण व्यवसायी सुदूरपश्चिम प्रदेशका अध्यक्ष लक्ष्मण बहादुर स्वार, जिल्ला अध्यक्ष टेकबहादुर मल्ल लगायत व्यवसायी तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।

nawajiwan

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सेठीले नवनिर्वाचित सम्पूर्ण पदाधिकारीहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे । उनले निर्माण व्यवसायीहरुको हकहित संरक्षण, व्यवसायिक एकता तथा निर्माण क्षेत्रको सुदृढ विकासका लागि सबैले सहकार्य गर्दै अघि बढ्नुपर्ने बताए ।

Attariya Hospital

सेठीले निर्माण क्षेत्र राष्ट्र निर्माणको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै व्यवसायीहरुले गुणस्तरीय काम, पारदर्शिता र व्यवसायिक मर्यादालाई थप मजबुत बनाउनुपर्ने धारणा राखे ।

कार्यक्रममा अन्य अतिथिहरुले समेत नवनिर्वाचित नेतृत्वलाई बधाई दिँदै संघलाई अझ सशक्त र व्यवसायीमैत्री बनाउने विश्वास व्यक्त गरेका थिए ।

पदाधिकारीहरु नाम लिष्ट :