इरानको आणविक योजनाविरुद्ध अमेरिका–चीन एकमत

Image
Nisarga Hospital

Donald Trump र Xi Jinping बीच बेइजिङमा जारी शिखर वार्ताका क्रममा इरानलाई कुनै पनि हालतमा आणविक हतियार बनाउन नदिने विषयमा महत्वपूर्ण सहमति भएको छ। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार दुवै राष्ट्र इरानको आणविक महत्त्वाकांक्षा रोक्न आवश्यक रहेको निष्कर्षमा पुगेका हुन्।

CP Hospital Dhangadhi

वार्तामा विश्व सुरक्षा, क्षेत्रीय स्थायित्व तथा आणविक जोखिम नियन्त्रणबारे गम्भीर छलफल भएको बताइएको छ। अमेरिका र चीनबीच विभिन्न विषयमा मतभेद रहे पनि इरानको आणविक कार्यक्रमलाई नियन्त्रण गर्नुपर्ने विषयमा समान धारणा देखिनुलाई कूटनीतिक रूपमा अर्थपूर्ण मानिएको छ।

Attariya Hospital

यता, वार्ताका क्रममा ताइवानको विषय भने औपचारिक रूपमा उठाइएको छैन। ह्वाइट हाउसले सार्वजनिक गरेको विवरणमा ताइवानबारे कुनै उल्लेख नगरिएपछि कूटनीतिक वृत्तमा यसको व्यापक चर्चा भइरहेको छ। चिनियाँ सञ्चारमाध्यमहरूले ताइवानलाई संवेदनशील मुद्दाका रूपमा उठाइरहेका बेला अमेरिकी पक्षको मौनतालाई विशेष अर्थका साथ हेरिएको छ।

nawajiwan