राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सहभागीलाई गोदावरी नगरपालिकाद्वारा बिदाइ

Image
Nisarga Hospital

अत्तरिया: १६औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता २०८३ मा सहभागी हुन गोदावरी नगरपालिकाका १ सय १५ जना खेलाडीहरू आज बर्दगोरिय गाउँपालिका स्थित वसन्त मुरारी माध्यमिक विद्यालयका लागि प्रस्थान गरेका छन्। प्रतियोगितामा विभिन्न विधामा सहभागी हुने खेलाडीहरूलाई नगरपालिकाले एक विशेष कार्यक्रमका बीच शुभकामना तथा सफलताको कामना सहित बिदाइ गरेको हो।

oplus_0

कार्यक्रममा बोल्दै गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले खेलकुदले अनुशासन, नेतृत्व क्षमता र स्वस्थ जीवनशैली विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले प्रतियोगिताका दौरान खेलाडीहरूलाई कुनै चोटपटक लागेमा नगरपालिकाको तर्फबाट १ लाख रुपैयाँ बराबरको बीमा सुविधा उपलब्ध गराइने जानकारी दिँदै खेलाडीहरूलाई निर्धक्क भएर उत्कृष्ट प्रदर्शन गर्न आग्रह गरे। नगरपालिकाले खेल क्षेत्रको विकास र खेलाडीहरूको मनोबल उच्च बनाउन निरन्तर सहयोग गर्दै आएको पनि उनले उल्लेख गरे।
oplus_0

CP Hospital Dhangadhi
Attariya Hospital

जिल्ला स्तरीय प्रतियोगितामा सहभागी हुन जाने खेलाडीहरूको आवतजावत सहज बनाउन शैक्षिक संस्थाहरूले समेत महत्वपूर्ण सहयोग गरेका छन्। विद्यार्थीको व्यवस्थापन र खेल कुद लाई सञ्चालनका लागि गोदावरी नगरपालिका बाट ६ जना प्रशिक्षक र २ जना व्यबस्थपाक रहेका छन् ।

nawajiwan