अत्तरियाको दुर्गालक्ष्मी विद्यालयलाई एनएमबी बैंकले ५ लाख बराबरको फर्निचर सहयोग

Image
Nisarga Hospital

कैलालीको अत्तरियास्थित दुर्गालक्ष्मी नमुना माध्यमिक विद्यालयलाई शैक्षिक वातावरण सुधार गर्ने उद्देश्यले फर्निचर सहयोग गरिएको छ । शुक्रबार NMB Bank शाखा कार्यालय अत्तरियाले विद्यालयलाई करिब ५ लाख रुपैयाँ बराबरका फर्निचर सामग्री हस्तान्तरण गरेको हो । यस सहयोगले विद्यालयको भौतिक पूर्वाधार मजबुत भई विद्यार्थीहरूको सिकाइ वातावरण थप सहज र व्यवस्थित हुने अपेक्षा गरिएको छ ।

CP Hospital Dhangadhi

कार्यक्रममा बोल्दै बैंकका अत्तरिया शाखा प्रमुख गणेश प्रसाद जोशीले बैंकले राज्यलाई कर तिर्नुका साथै समाजप्रति पनि जिम्मेवार बन्नुपर्ने धारणा व्यक्त गरे । उनले संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत राष्ट्र बैंकले निर्धारण गरेको नीति अनुसार विद्यालयलाई सहयोग गरिएको स्पष्ट पारे ।

nawajiwan

त्यसैगरी बैंकका सिनियर एरिया मेनेजर अमन जोशीले विद्यालयलाई सहयोग गर्न पाउनु गौरवको विषय भएको उल्लेख गर्दै यस प्रकारका कार्यक्रमले शिक्षाको गुणस्तर सुधारमा प्रत्यक्ष योगदान पुर्‍याउने विश्वास व्यक्त गरे ।

Attariya Hospital

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिदत्त भट्टराईले विभिन्न संघसंस्थासँगको सहकार्यले विद्यालयको समग्र विकासमा महत्वपूर्ण भूमिका खेलिरहेको बताए । उनले यसअघि पनि सर्वाेत्तम पेन्ट्स, काठमाडौँको एलआरआई स्कुल लगायतका संस्थाबाट सहयोग प्राप्त भएको जानकारी दिँदै आगामी दिनमा अझ धेरै सहकार्य विस्तार गरिने बताए ।

उनले सहयोगका लागि NMB Bank लाई धन्यवाद दिँदै भविष्यमा छात्रवृत्ति तथा शैक्षिक गुणस्तर सुधारका कार्यक्रमलाई समेत CSR अन्तर्गत प्राथमिकता दिन आग्रह गरे । यस सहयोगले विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको सिकाइ वातावरण अझ प्रभावकारी बन्ने विश्वास व्यक्त गरिएको छ ।