कैलालीको गोदावरी नगरपालिकाले रोजगारदातासँग अन्तरक्रिया: सीपलाई रोजगारीसँग जोड्ने पहल

Image
Nisarga Hospital

कैलालीको गोदावरी नगरपालिकाले रोजगारदाताहरूसँग अन्तरक्रिया कार्यक्रम आयोजना गर्दै सीपमूलक तालिम र रोजगारीबीचको सम्बन्ध सुदृढ गर्ने पहल गरेको छ । नगरपालिकाको रोजगार सेवा केन्द्रको आयोजनामा शुक्रबार विभिन्न संघसंस्थाको सहयोगमा कार्यक्रम सम्पन्न भएको हो ।

CP Hospital Dhangadhi

कार्यक्रमको उद्देश्य नगरपालिकाले सञ्चालन गरेका सीपमूलक तालिम लिएका प्रशिक्षार्थीहरूलाई स्थानीय रोजगारदातासँग जोडेर रोजगारीको अवसर विस्तार गर्नु रहेको रोजगार संयोजक रोहित प्रसाद जोशीले जानकारी दिए । उनका अनुसार नगरभित्रका होटल, हार्डवेयर, इट्टा भट्टा, पेन्ट उद्योग लगायतका क्षेत्रमा आवश्यक दक्ष जनशक्ति स्थानीयबाटै आपूर्ति गर्ने लक्ष्य राखिएको छ ।

जोशीले बाहिरबाट आउने श्रमिकको सट्टा स्थानीय जनशक्तिलाई प्राथमिकता दिने विषयमा रोजगारदातासँग छलफल गरिएको बताए । उनले बजारको मागअनुसार तालिम सञ्चालन गर्दा मात्र कार्यक्रम प्रभावकारी हुने भएकाले हाल नगरपालिकाले मागमा आधारित तालिममा जोड दिएको उल्लेख गरे ।

nawajiwan
Attariya Hospital

विगतमा व्यक्तिको रुचिअनुसार सञ्चालन गरिएका तालिम अपेक्षाकृत प्रभावकारी नभएको भन्दै उनले अब बजारको आवश्यकताअनुसार कफी बारिस्टा, बेकरी जस्ता क्षेत्रमा आकर्षण बढेको बताए । परम्परागत ब्युटिपार्लर र सिलाईकटाई तालिममा भने कम सहभागिता देखिएको छ ।

अन्तरक्रियामा रोजगार संयोजक जोशी र निड्स नेपालका प्रतिनिधि प्रकाश चन्द्र मडैले सहजीकरण गरेका थिए । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत धर्मराज विनाडी, नगर प्रवक्ता तथा वडा नं. १ का वडाध्यक्ष गोपाल दत्त भट्ट,  सहित विभिन्न संघसंस्था र प्रशिक्षार्थीहरूको उपस्थिति रहेको थियो ।