
नेपाल राष्ट्र बैंक ले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । आज अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ २५ पैसा तथा बिक्रीदर १५३ रुपैयाँ ८५ पैसा कायम गरिएको छ । भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ । यस्तै, युरो, पाउन्ड, अष्ट्रेलियन डलर र क्यानेडियन डलरको भाउमा पनि सामान्य उतारचढाव देखिएको छ । राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ ।
| विदेशी मुद्रा | खरिददर | बिक्रीदर |
|---|---|---|
| अमेरिकी डलर (USD) | रु १५३.२५ | रु १५३.८५ |
| युरो (EUR) | रु १७८.३८ | रु १७९.०८ |
| युके पाउन्ड (GBP) | रु २०४.९५ | रु २०५.७५ |
| अष्ट्रेलियन डलर (AUD) | रु १०९.७३ | रु ११०.१६ |
| क्यानेडियन डलर (CAD) | रु १११.४७ | रु १११.९१ |
| भारतीय रुपैयाँ १०० (INR) | रु १६०.०० | रु १६०.१५ |































