देशका विभिन्न प्रदेशमा बदली, कतिपय स्थानमा वर्षा, चट्याङ र हिमपातको सम्भावना

Image
Nisarga Hospital

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावले देशका विभिन्न प्रदेशमा आंशिकदेखि सामान्य बदलीको अवस्था देखिएको छ। विशेषगरी गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्य बदली रहेको छ भने बाँकी प्रदेशका धेरै स्थानमा आंशिक बदली देखिएको छ।

CP Hospital Dhangadhi

महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्य बदली रहनेछ। अन्य हिमाली, पहाडी र तराई क्षेत्रहरूमा आंशिक बदली रहने अनुमान गरिएको छ। कोशी र मधेस प्रदेशका केही स्थान, साथै बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

Attariya Hospital

यस्तै सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा पनि वर्षा र हिमपातको सम्भावना रहेको छ। मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा थोरै स्थानमा हावाहुरी चल्न सक्ने महाशाखाले जनाएको छ।

nawajiwan

रातिको समयमा पनि कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा सामान्य बदली रहनेछ। कोशी प्रदेशका केही स्थान तथा बागमती र गण्डकीका एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ। महाशाखाले सम्भावित मौसमी गतिविधिका कारण सतर्कता अपनाउन आग्रह गरेको छ।