गर्मी बढेपछि कञ्चनपुरका २ पालिकाका विद्यालय बिहानी सत्रमा सञ्चालन हुने

Image
Nisarga Hospital

अत्यधिक गर्मीका कारण विद्यार्थीको स्वास्थ्यमा असर पर्न थालेपछि कञ्चनपुरका कृष्णपुर र शुक्लाफाँटा नगरपालिकाले विद्यालय सञ्चालन समय परिवर्तन गरेका छन्। दुवै स्थानीय तहले सामुदायिक तथा संस्थागत विद्यालयलाई अब बिहानी सत्रमा सञ्चालन गर्ने निर्णय गरेका हुन्।

CP Hospital Dhangadhi

Krishnapur नगर कार्यपालिकाको बैठकले मौसम प्रतिकूल बन्दै गएपछि विद्यार्थीको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै विद्यालय बिहान सञ्चालन गर्ने निर्णय गरेको जनाएको छ। नगर प्रमुख Hemraj Ojha का अनुसार राष्ट्रिय पाठ्यक्रम प्रारूप–२०७६ र लेटर ग्रेडिङ निर्देशिका–२०८३ अनुसार पाठ्यघण्टा नघट्ने गरी व्यवस्था मिलाइएको छ। पाठ्यक्रमले तोकेको ‘क्रेडिट आवर’ पूरा गर्न आइतबारसमेत विद्यालय सञ्चालन गरिने निर्णय गरिएको उनले बताए।

Attariya Hospital

यस्तै Shuklaphanta नगरपालिकाले पनि जेठ ४ गतेदेखि बर्खे बिदासम्म विद्यालय बिहानी सत्रमा सञ्चालन गर्ने निर्णय गरेको छ। यसअघि बिहान १० बजे सुरु हुने कक्षा अब बिहान ७ बजेदेखि दिउँसो १ः१५ बजेसम्म सञ्चालन हुनेछन्।

nawajiwan

नगर शिक्षा समितिका अनुसार अत्यधिक गर्मीका कारण विद्यार्थीमा थकान, टाउको दुख्ने र ध्यान केन्द्रित गर्न कठिनाइ हुने समस्या देखिन थालेपछि यस्तो निर्णय गरिएको हो। समय परिवर्तन भए पनि नियमित पठनपाठन, परियोजना तथा प्रयोगात्मक कार्य यथावत सञ्चालन हुने जनाइएको छ।