वैद्यनाथ धार्मिक गतिविधिलाई सुदृढ बनाउन हमालको सांगीतिक सहयोग

Image
Nisarga Hospital

धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले अछामस्थित वैद्यनाथ क्षेत्रको धार्मिक तथा सांस्कृतिक गतिविधिलाई थप व्यवस्थित बनाउन आवश्यक सांगीतिक सामग्री सहयोग गरेका छन् । “हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौँ” अभियान अन्तर्गत वैद्यनाथ पुगेका उनले साप्ताहिक भजन–कीर्तन तथा आरती कार्यक्रमका लागि हार्मोनियम, तबला, मादल, खैजडी र डोलक लगायतका सामग्री हस्तान्तरण गरेका हुन् । उक्त सामग्री शनिबार एक कार्यक्रमका बीच स्थानीयलाई प्रदान गरिएको हो ।

CP Hospital Dhangadhi

मेयर हमालले सामाजिक सञ्जालमार्फत वैद्यनाथ क्षेत्रमा नियमित रूपमा सञ्चालन भइरहेको धार्मिक गतिविधिबारे जानकारी पाएपछि सहयोग गर्ने निर्णय लिएको बताएका छन् । उनले धार्मिक सम्पदाको संरक्षणसँगै स्थानीय संस्कृति, कला र मौलिक परम्पराको प्रवर्द्धन सबैको साझा जिम्मेवारी भएको उल्लेख गरे ।

Attariya Hospital

उनका अनुसार वैद्यनाथ क्षेत्र धार्मिक आस्था, सांस्कृतिक पहिचान र पर्यटन विकासका दृष्टिले महत्वपूर्ण स्थल हो, जसको प्रवर्द्धनले समग्र क्षेत्रको पहिचान अझ उजागर गर्नेछ । उनले स्थानीयलाई यस्ता धार्मिक तथा सांस्कृतिक कार्यक्रमलाई निरन्तरता दिन आग्रह पनि गरे ।

nawajiwan

कार्यक्रममा देवराज उपाध्यायले मेयर हमालप्रति धन्यवाद व्यक्त गर्दै प्राप्त सहयोगले दैनिक भजन–कीर्तन तथा आरती कार्यक्रमलाई अझ व्यवस्थित र प्रभावकारी बनाउन सहयोग पुग्ने बताए । उनले यस्ता पहलले स्थानीय कला, संस्कृति र मौलिक बाजागाजाको संरक्षणमा महत्वपूर्ण योगदान दिने उल्लेख गर्दै युवापुस्तालाई संस्कृतिसँग जोड्न मद्दत पुग्ने धारणा राखे ।