बडिमालिका जाँदै गर्दै भैरहवा घर भएका एक जना तिर्थ यात्रीको ज्यान गयो

Image
Nisarga Hospital

अत्तरियाः बडिमालिका दर्शनका लागि बाजुरा पुगेका राष्ट्रिय सतर्कता केन्द्र काठमाडौंमा कार्यरत लेखा अधिकृतको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार मृत्यु हुनेमा ५६ वर्षीय Bishwaraj Panthi रहेका छन्, जसको स्थायी ठेगाना भैरहवा हो।

CP Hospital Dhangadhi

प्रहरीका अनुसार पन्थीसहित चार जनाको टोली बडिमालिका दर्शनका लागि गएको थियो। यात्राका क्रममा बडिमालिका नगरपालिका–८ स्थित खारेको जंगलमा उनी अचानक बेहोस भएका थिए।

Attariya Hospital

उद्धार गरी उनलाई साँझ ५:४५ बजे जिल्ला अस्पताल मार्तडी पुर्‍याइएको थियो। तर अस्पताल पुगेको करिब पाँच मिनेटमै ५:५० बजे चिकित्सकले मृत घोषणा गरेका थिए।

nawajiwan

उनको साथमा सतर्कता केन्द्रमै कार्यरत उपसचिव Shivahari Neupane, शाखा अधिकृत Jeevan Ghimire र लेखापाल Umesh Sharma पनि बडिमालिका दर्शनका लागि पुगेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ।