पुटिन र युएई राष्ट्रपतिबीच इरान तनावबारे वार्ता, मध्यपूर्वमा कूटनीतिक समाधानमा जोड

Image
Nisarga Hospital

रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र संयुक्त अरब इमिरेट्स (युएई) का राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नहयानबीच इरानसँग सम्बन्धित बढ्दो क्षेत्रीय तनाव र जारी युद्ध अवस्थाबारे टेलिफोन वार्ता भएको छ।

CP Hospital Dhangadhi

क्रेमलिनका अनुसार दुवै नेताले क्षेत्रमा शान्ति स्थापनाका लागि राजनीतिक तथा कूटनीतिक संवादलाई निरन्तरता दिनु अपरिहार्य रहेकोमा जोड दिएका छन्। सो अवसरमा राष्ट्रपति पुटिनले युक्रेन युद्धसँग सम्बन्धित मानवीय सहयोगमा युएईले खेलेको भूमिकाको प्रशंसा गरेका छन्। पछिल्लो समय अमेरिका र इजरायलसँगको तनावबीच इरान र युएईबीच सम्बन्ध थप चिसिएको छ। युएईले इरानमाथि बारम्बार आक्रमण गरेको आरोप लगाउँदै आएको छ।

Attariya Hospital

त्यसैबीच इरानका विदेशमन्त्री अब्बास अराग्चीले युएईलाई अमेरिका र इजरायलको सक्रिय साझेदार भएको आरोप लगाउँदै इरानविरुद्धका आक्रमणमा संलग्न रहेको दाबी गरेका छन्। युएईले भने यी आरोपलाई अस्वीकार गर्दै इरानले आफ्ना कार्यलाई न्यायोचित देखाउन भ्रामक प्रचार गरिरहेको प्रतिक्रिया दिएको छ।

nawajiwan

क्षेत्रीय शक्तिहरूबीच बढ्दो आरोप–प्रत्यारोपले मध्यपूर्वमा तनाव अझ गहिरिने चिन्ता बढाएको छ। विशेषज्ञहरूले यस तनावले मध्यपूर्वको ऊर्जा सुरक्षा र विश्व राजनीति दुवैमा असर पार्न सक्ने चेतावनी दिएका छन् भनेका।