रास्वपा गोदावरी नगरपालिका वडा नं १ को सभापतिमा खडायत चयन

Image
Nisarga Hospital

अत्तरिया : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गोदावरी नगरपालिका वडा नं. १ को वडा सभापतिमा राम बहादुर खडायत सर्वसम्मत रूपमा चयन भएका छन्।

CP Hospital Dhangadhi

आइतबार सम्पन्न वडा भेलाबाट खडायतको नेतृत्वमा नयाँ वडा समिति चयन गरिएको हो। समितिको उपसभापतिमा बसन्ती भट्ट, सचिवमा तिलक राज भण्डारी तथा सह–सचिवमा सीता खडका चयन भएका छन्।

Attariya Hospital

त्यसैगरी सदस्यहरूमा कमला खडायत, नरबहादुर ऐरी, रोशन विक, दुर्पता कठायत, सन्तोष घेमिरे र करण सिंह बोहरा सर्वसम्मत रूपमा चयन भएका छन्।

nawajiwan

नवनिर्वाचित वडा समितिलाई शुभकामना व्यक्त गर्दै पार्टीका सक्रिय युवा सदस्य गंगादत्त जोशीले वडा तहमा पार्टी संगठनलाई अझ सशक्त बनाउँदै जनतासँग प्रत्यक्ष रूपमा जोडिने विश्वास व्यक्त गरेका छन्।