महेन्द्र राजमार्गमा अतिक्रमण हटाउने अभियान तीव्र, व्यवसायीले स्वेच्छिक रूपमा संरचना हटाउन थाले

Image
Nisarga Hospital

CP Hospital Dhangadhi

अत्तरियाः महेन्द्र राजमार्ग अन्तर्गत गड्डाचौकी–अत्तरिया–चिसापानी सडक खण्डमा सडक सीमा अतिक्रमण गरी बनेका संरचना हटाउने अभियान सुरु भएको छ। सडक डिभिजन कार्यालय महेन्द्रनगरले ३० वैशाखमा १५ दिने सूचना जारी गरेपछि व्यवसायीहरूले स्वेच्छिक रूपमा संरचना हटाउन थालेका छन्।

विपिन इन्टरप्राइजेजले पेट्रोल पम्पका संरचना हटाउन थालेको छ। सञ्चालक तरुण लखेराका अनुसार सूचना पाएपछि आफ्नै जमिनमा सारेर पुनः निर्माण गर्ने तयारी गरिएको छ। राजमार्गको दायाँ–बायाँ २५–२५ मिटर क्षेत्रमा वर्षौंदेखि बनेका संरचनाका कारण समस्या बढेको थियो। यसैबीच देशभर अतिक्रमण हटाउने अभियान तीव्र बनेपछि कञ्चनपुरमा पनि प्रक्रिया सक्रिय भएको हो। कार्यालयले समयसीमाभित्र संरचना नहटाए कानुनी कारबाही हुने चेतावनी दिएको छ।

nawajiwan
Attariya Hospital

स्थानीय तह र प्रशासनसँग समन्वयमा खाली गराइने बताइएको छ। सरोकारवालाले अतिक्रमणका कारण दुर्घटनाको जोखिम बढेको उल्लेख गरेका छन्। राजमार्ग विस्तार र सुरक्षित यातायातका लागि दीर्घकालीन समाधान आवश्यक रहेको पनि उनीहरूको भनाइ छ। अभियानले सडक सुरक्षा सुधारमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ। स्रोत स्थानीय सरोकारवाला बताउँछन् छन्