अबु धाबीको बराकाह आणविक केन्द्रमा ड्रोन आक्रमण, आगलागी नियन्त्रणमा

Image
Nisarga Hospital

संयुक्त अरब इमिरेट्स (यूएई) को अबु धाबीस्थित बराकाह न्यूक्लियर पावर प्लान्टमा ड्रोन आक्रमण भएपछि आगलागी भएको छ। अल दफ्रा क्षेत्रमा रहेको उक्त आणविक ऊर्जा केन्द्रमा भएको घटनापछि सुरक्षा निकायहरूले तत्काल आगो नियन्त्रणमा लिएका छन्।

CP Hospital Dhangadhi

अबु धाबीको सरकारी मिडिया कार्यालयका अनुसार आक्रमणपछि प्लान्टको बाह्य क्षेत्रमा रहेको एक विद्युत् जेनेरेटरमा आगलागी भएको हो। घटनामा कुनै पनि व्यक्ति घाइते नभएको र विकिरण सुरक्षा स्तरमा असर नपरेको स्पष्ट गरिएको छ। साथै, प्लान्टका सबै युनिटहरू सामान्य रूपमा सञ्चालन भइरहेको जनाइएको छ।

आक्रमण कुन पक्षबाट भएको हो भन्ने विषयमा हालसम्म आधिकारिक जानकारी सार्वजनिक गरिएको छैन। तर अधिकारीहरूले घटनापछि उच्च सतर्कता अपनाइएको बताएका छन्।

nawajiwan
Attariya Hospital

यस घटनाप्रति अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (IAEA) ले गम्भीर चिन्ता व्यक्त गरेको छ। IAEA प्रमुख राफेल ग्रोसीले यूएईका विदेशमन्त्रीसँग टेलिफोन वार्ता गर्दै आक्रमणको कडा निन्दा गरेका छन्।

सुरक्षा संवेदनशील मानिने आणविक संरचनामा भएको यस आक्रमणले क्षेत्रीय सुरक्षाबारे पुनः प्रश्न उठाएको छ।