सुदूरपश्चिममा क्षयरोग चुनौतीपूर्ण: लक्ष्यको ५७ प्रतिशत मात्र नयाँ बिरामी पहिचान

Image
Nisarga Hospital

सुदूरपश्चिम प्रदेशमा क्षयरोग नियन्त्रणका लागि विभिन्न प्रयास भइरहे पनि नयाँ बिरामी पत्ता लगाउने कार्य अझै चुनौतीपूर्ण देखिएको छ। स्वास्थ्य निर्देशनालयका अनुसार धेरै संक्रमित अझै स्वास्थ्य प्रणालीको पहुँच बाहिर रहेका कारण लुकेका बिरामीको संख्या उच्च हुन सक्ने अनुमान गरिएको छ।

CP Hospital Dhangadhi

आर्थिक वर्ष २०८२/०८३ मा ६ हजार ३८४ नयाँ क्षयरोगी पत्ता लगाउने लक्ष्य राखिएकोमा ३ हजार ६५१ मात्र फेला परेका छन्, जुन लक्ष्यको ५७ प्रतिशत हो। निर्देशनालयका क्षयरोग फोकल पर्सन मनोज प्रसाद ओझाका अनुसार कैलाली र कञ्चनपुर क्षयरोगका प्रमुख केन्द्रका रूपमा देखिएका छन्, जहाँ कुल बिरामीमध्ये ६८ प्रतिशत रहेका छन्।

Attariya Hospital

गत वर्ष जीन एक्सपर्ट परीक्षणमार्फत १६ हजार २६४ जनाको परीक्षण गर्दा २ हजार २५३ जनामा क्षयरोग पुष्टि भएको थियो। हाल एआई जडित डिजिटल एक्सरे मेसिनमार्फत समुदायस्तरमै सक्रिय केस खोजी (एक्टिभ केस फाइन्डिङ) पनि तीव्र बनाइएको छ।

nawajiwan

उपचारतर्फ ८९.९४ प्रतिशत सफलता दर देखिए पनि ३.८६ प्रतिशत मृत्यु दर र औषधि प्रतिरोधी ३५ जना बिरामी देखिनु चुनौतीका रूपमा रहेको छ। विज्ञहरूले समुदायस्तरमै खोज, नियमित स्क्रिनिङ र औषधि पूरा गर्ने बानीलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन्।