पावर टिलर अनुदान प्रकरण : पूर्वमन्त्री चौधरी १० लाख धरौटीमा रिहा

Image
Nisarga Hospital

सुदूरपश्चिम प्रदेश सरकारका पूर्वमन्त्री रामेश्वर चौधरी १० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन्। कृषिमन्त्री हुँदा किसानलाई अनुदानमा पावर टिलर उपलब्ध गराउने नाममा रकम ठगी गरेको आरोपमा जिल्ला अदालत बर्दियाले उनीसँग धरौटी माग गरेको थियो। अदालतले ३० गते धरौटी आदेश गरेपछि चौधरीले ३१ गते रकम बुझाएर रिहा भएका हुन्।

CP Hospital Dhangadhi

नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित सांसद चौधरी सुदूरपश्चिम प्रदेशमा भूमि व्यवस्था, कृषि तथा सहकारी तथा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीको जिम्मेवारीमा रहेका थिए।

Attariya Hospital

प्रहरीका अनुसार “सुरो नेपाल” नामक संस्थामार्फत बर्दियाको बारबर्दिया गाउँपालिकाका किसानलाई अनुदानमा पावर टिलर दिने भन्दै रकम संकलन गरिएको थियो। किसानहरूले संस्थाकी सुशीला खड्काको खातामा ५७ लाख रुपैयाँ जम्मा गरेको तथा चौधरीलाई थप १७ लाख रुपैयाँ दिएको आरोप लगाएका छन्।

nawajiwan

उक्त घटनाबारे २०८२ भदौ १८ गते जिल्ला प्रहरी कार्यालय बर्दियामा उजुरी परेको थियो। अनुसन्धानपछि प्रहरीले २०८३ वैशाख १८ गते चौधरी, खड्का र अन्य दुई जनाविरुद्ध मुद्दा दायर गरेको थियो। अदालतले खड्कासँग पनि १० लाख धरौटी माग गरेकामा रकम बुझाउन नसक्दा उनी हाल कारागारमै छिन्। यता चौधरीले भने आफूमाथि राजनीतिक प्रतिशोधका आधारमा झुटो आरोप लगाइएको दाबी गरेका छन्।