ज्योतिषीका अनुसार आजका लागि कस्तो छ त तपाईंको भाग्य, ग्रह गोचर, शुभ अशुभ ? पढ्नुहोस् जेठ ५ गते मंगलबारको दैनिक राशिफल

Image
Nisarga Hospital

आज – ०५ जेठ २०८३ मंगलवार को राशिफल

CP Hospital Dhangadhi

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कुनै रमाइलो समाचारले मनमा खुशी छाउनेछ। साथीभाइसँगको कुराकानीले नयाँ सोच ल्याउनेछ। काममा फुर्तिलोपन देखिनेछ। दिन चहलपहलका बीच बित्ने संकेत छ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

nawajiwan

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज तपाईंको बोलीले अरूलाई आकर्षित गर्नेछ। नयाँ चिनजानबाट फाइदा हुनेछ। मनमा नयाँ योजना उम्रिन सक्छ। दिन उत्साह र रमाइलोपनले भरिनेछ। आजको शुभ रंग चम्किलो हरियो हो भने शुभ अंक १ रहेको छ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) मित्रहरूसँगको भेटले मन प्रसन्न रहनेछ। नयाँ योजना वा कामको कुरा चल्न सक्छ। आशा गरेको सहयोग प्राप्त हुनेछ। दिन रमाइलो वातावरणमा बित्नेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ५ रहेको छ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) नयाँ कुरा सिक्ने चाहना बढ्नेछ। टाढाको व्यक्तिसँग रमाइलो संवाद हुन सक्छ। भाग्यले साथ दिएको महसुस हुनेछ। घुमफिरको योजना बन्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) नजिकका व्यक्तिसँग समझदारी बढ्नेछ। सहकार्यबाट राम्रो उपलब्धि हात पर्न सक्छ। भेटघाटले मन खुशी बनाउनेछ। सम्बन्धमा मिठास थपिनेछ। आजको शुभ रंग हल्का सुनौलो हो भने शुभ अंक ५ रहेको छ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) मन रमाइलो र सिर्जनात्मक बन्नेछ। आफूलाई मन पर्ने काममा समय बित्नेछ। प्रेमभाव अझ नजिकिने संकेत छ। मनोरञ्जनले दिन सजिलो बनाउनेछ। आजको शुभ रंग गाढा निलो हो भने शुभ अंक १ रहेको छ।

Attariya Hospital

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) घरपरिवारसँग बसेर मीठो समय बित्नेछ। आवश्यक कुरामा ध्यान जान सक्छ। मन केही शान्त र सन्तुष्ट रहनेछ। सरल व्यवहारले सबैको मन जितिनेछ। आजको शुभ रंग हल्का सेतो हो भने शुभ अंक ८ रहेको छ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) मनले शान्त वातावरण खोज्नेछ। पुराना सम्झनाले हल्का भावुक बनाउनेछ। आफ्ना कुरा सबैलाई नभन्नु राम्रो हुनेछ। पूजा पाठतर्फ रुचि बढ्नेछ। आजको शुभ रंग मोती सेतो हो भने शुभ अंक ६ रहेको छ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) काममा तपाईंको मेहनत चम्किने समय छ। जिम्मेवारी राम्रोसँग पूरा गर्न सकिनेछ। वरिष्ठ व्यक्तिबाट राम्रो शब्द सुन्न पाइनेछ। निरन्तर प्रयासले फाइदा दिनेछ। आजको शुभ रंग गाढा हरियो हो भने शुभ अंक ४ रहेको छ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज मनका कुरा कम व्यक्त गर्नु राम्रो हुनेछ। खर्च गर्दा सोचेर अघि बढ्नु उपयुक्त हुनेछ। सानो कुराले मन अलि चिसो बन्न सक्छ। धैर्यले सहजता ल्याउनेछ। आजको शुभ रंग गाढा कलेजी हो भने शुभ अंक २ रहेको छ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) कामको व्यस्तताले समय छिटो बित्नेछ। शरीरलाई आराम दिनु आवश्यक हुनेछ। नियमित काममा ध्यान दिँदा फाइदा हुनेछ। सानो सफलता पनि खुशीको कारण बन्न सक्छ। आजको शुभ रंग हल्का खैरो हो भने शुभ अंक ८ रहेको छ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) घरको वातावरणतर्फ मन तानिन सक्छ। परिवारसँग बसेर मनका कुरा गर्न सकिनेछ। भावनात्मक पक्ष अलि बलियो रहनेछ। शान्त वातावरणले राहत महसुस हुनेछ। आजको शुभ रंग गाढा पहेलो हो भने शुभ अंक ८ रहेको छ।

हाम्रो पात्रो बाट