बाजुरामा पानीका नाउला सुक्दै, स्थानीय जीवनशैलीमै संकटको संकेत

Image
Nisarga Hospital

बाजुरा: बाजुराका विभिन्न स्थानमा रहेका परम्परागत पानीका नाउला (मुहान) धमाधम सुक्न थालेपछि स्थानीयवासीमा चिन्ता बढेको छ। पुराना पुस्तादेखि खानेपानी र पशुचौपायाका लागि प्रयोग हुँदै आएका यी नाउला पछिल्लो समय लगातार सुक्दै गएपछि दैनिक जीवन प्रभावित हुन थालेको छ।

CP Hospital Dhangadhi

बुढीनन्दा नगरपालिकाका स्थानीय दत्त विकका अनुसार लेक तथा खर्कमा गाईभैंसी चराउन जाँदा प्रयोग गरिने नाउलाको पानी अहिले घट्दै गएको छ। “पहिले लेकमा गाईभैंसी लैजाँदा नाउलाबाट सजिलै पानी खान पाइन्थ्यो, अहिले त धेरै ठाउँमा सुकिसके,” उनले बताए। पानीको अभावका कारण पशुचौपायालाई समेत खुवाउन समस्या हुन थालेको उनले उल्लेख गरे।

यो समस्या कुनै एक स्थानमा मात्र सीमित नभई जिल्लाका सबै नौवटै स्थानीय तहमा देखिन थालेको स्थानीयको भनाइ छ। भेडाबाख्रा तथा गाईभैंसी चराउन लेक तथा खर्कमा जाने किसानहरू पनि पानीको अभावले समस्यामा परेका छन्।

nawajiwan
Attariya Hospital

स्थानीयका अनुसार अव्यवस्थित सडक निर्माण, डोजर प्रयोग गरेर जमिन खन्ने काम र त्यसपछि हुने पहिरोले पानीका मुहानमा प्रत्यक्ष असर पारेको छ। वनजंगल फँडानी र प्राकृतिक सन्तुलन बिग्रँदै जाँदा मुहान सुक्ने क्रम तीव्र भएको उनीहरूको भनाइ छ।

जिल्ला वन कार्यालय बाजुराका प्रमुख सुरेशचन्द्र डिसीले पनि अनियन्त्रित सडक विस्तार र वन विनाशका कारण पानीका स्रोतहरू क्रमशः कमजोर हुँदै गएको पुष्टि गरेका छन्। उनका अनुसार वातावरणीय सन्तुलन बिग्रँदै जाँदा परम्परागत पानीका नाउला जोगाउन चुनौती थपिएको छ।

स्थानीयवासीले तत्काल संरक्षणका उपाय नअपनाइए पानीको संकट अझ गहिरिँदै जाने चेतावनी दिएका छन्।