गोदावरीमा रास्वपा नगर समिति विघटन, नगर सभापती सहित सबैले दिए सामूहिक राजीनामा

Image
Nisarga Hospital

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कैलालीको गोदावरी नगर समितिले सामूहिक रूपमा राजीनामा दिएको छ। समितिको आज बसेको बैठकले संयुक्त राजीनामा गर्ने निर्णय गरेको हो।

CP Hospital Dhangadhi

नगर सभापति दिपक ओझाका अनुसार समितिले कुनै दबाब, प्रभाव वा आन्तरिक विवादका कारण नभई नयाँ नेतृत्वलाई काम गर्ने सहज वातावरण बनाउन मार्ग प्रशस्त गर्ने उद्देश्यले राजीनामा दिएको जनाएको छ।

Attariya Hospital

समितिले जारी गरेको धारणा अनुसार संगठनलाई थप सक्रिय, प्रभावकारी र गतिशील बनाउन नयाँ टोलीलाई अवसर दिन आवश्यक ठानेर यस्तो निर्णय गरिएको हो। सामूहिक राजीनामापछि गोदावरी नगर क्षेत्रमा पार्टीको आगामी संगठनात्मक संरचना र नेतृत्व चयनलाई लिएर राजनीतिक चासो बढेको छ।

nawajiwan

रास्वपाको स्थानीय तहमा भएको यो निर्णयलाई पार्टीभित्रको आन्तरिक पुनर्संरचना र नयाँ रणनीतिक तयारीका रूपमा समेत हेरिएको छ।