केयूमा प्रशासनिक संकटपछि पुरानै डिनलाई पुनः जिम्मेवारी, कामकाज सुचारु गर्ने प्रयास

Image
Nisarga Hospital

सरकारले ल्याएको नयाँ अध्यादेशका कारण स्वतः पदमुक्त भएका काठमाडौं विश्वविद्यालय (केयू) का पदाधिकारीहरूलाई तत्कालका लागि पुनः निरन्तरता दिइएको छ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलको निर्देशनअनुसार विश्वविद्यालयको नियमित कामकाज प्रभावित हुन नदिन रिक्त रहेका सबै फ्याकल्टीका डिनहरूलाई पुनः जिम्मेवारीमा फर्काइएको हो।

CP Hospital Dhangadhi

अघिल्लो सरकारको पालामा गरिएको राजनीतिक नियुक्ति खारेज गर्ने व्यवस्था सहित ल्याइएको अध्यादेश राष्ट्रपतिबाट जारी भएपछि केयूका पदाधिकारीहरू स्वतः पदमुक्त भएका थिए। त्यसपछि डिन पद खाली हुँदा विश्वविद्यालयको प्राज्ञिक तथा प्रशासनिक कार्यहरू अस्तव्यस्त बनेका थिए।

Attariya Hospital

केयू स्रोतका अनुसार मानविकी, शिक्षा, कानुन, इन्जिनियरिङ, व्यवस्थापन, मेडिकल साइन्स र साइन्स गरी सातै फ्याकल्टीका डिनहरू पुनः सोही पदमा फर्काइएका छन्। उपकुलपति डा. अच्युत वाग्ले पदमुक्त भएपछि प्रा. डा. ऋषिकेश वाग्लेले कार्यवाहक उपकुलपतिको जिम्मेवारी सम्हालिरहेका छन्।

nawajiwan

कार्यवाहक उपकुलपतिले शिक्षामन्त्रीसँग भेट गरी प्रशासनिक संकटबारे जानकारी गराएपछि तत्कालका लागि पुरानै संरचना निरन्तरता दिने निर्णय भएको हो। केयू रजिस्ट्रार कार्यालयले यो व्यवस्था अस्थायी भएको स्पष्ट पारेको छ। यस विषयमा थप समाधानका लागि आज पनि छलफल हुने जनाइएको छ।