सुदूरपश्चिममा चिन्ताजनक अवस्था : आत्महत्या, दुर्घटना र लागूऔषधमा तीव्र वृद्धि

Image
Nisarga Hospital

सुदूरपश्चिम प्रदेशमा सामाजिक तथा सुरक्षा अवस्था गम्भीर बन्दै गएको देखिएको छ । प्रदेश प्रहरी कार्यालय धनगढीले सार्वजनिक गरेको वैशाख महिनाको तथ्याङ्कअनुसार एक महिनामै ५८ जनाले आत्महत्या गरेका छन् । दैनिक औसतमा करिब २ जनाको ज्यान जाने गरेको छ । तीमध्ये ५३ जना झुन्डिएर र ५ जना विष सेवन गरेर आत्महत्या गरेको पाइएको छ ।

CP Hospital Dhangadhi

उमेरगत विवरणअनुसार २१–३० वर्ष समूह सबैभन्दा बढी प्रभावित छ, जहाँ २३ जनाले आत्महत्या गरेका छन् । १०–२० वर्षका १४ जना, ३१–४० वर्षका ८ जना, ४१–५० वर्षका २ जना र ५० वर्षभन्दा माथिका ११ जना रहेका छन् । प्रहरीका अनुसार डिप्रेसन, आर्थिक समस्या, असफलता, प्रेम सम्बन्ध र पारिवारिक तनाव प्रमुख कारण देखिएका छन् । प्रहरी उपरीक्षक पदमबहादुर विष्टका अनुसार विद्यालय तहदेखि नै सचेतना र काउन्सिलिङ आवश्यक छ ।

Attariya Hospital

यस्तै, सवारी दुर्घटनाको अवस्था पनि चिन्ताजनक छ । एक महिनामा १९३ दुर्घटनामा १४ जनाको मृत्यु र ३१६ जना घाइते भएका छन् । अधिकांश दुर्घटना चालकको लापरबाहीका कारण भएको प्रहरीले जनाएको छ ।

nawajiwan

त्यस्तै, विपद् घटनामा ११ जनाको मृत्यु र ८१ लाखभन्दा बढी क्षति भएको छ भने लागूऔषध कारोबारमा १६६ जना पक्राउ परेका छन् । प्रहरीले नियन्त्रण प्रयास जारी राखे पनि समस्या गम्भीर बन्दै गएको देखिन्छ ।