बिहीबार व्रतको धार्मिक महत्त्व : विष्णु–लक्ष्मीको कृपाका लागि विशेष पूजा

Image
Nisarga Hospital

हिन्दु धर्मअनुसार बिहीबार देवताका गुरु वृहस्पति तथा भगवान श्री हरि विष्णुको आराधनाको दिन मानिन्छ। यस दिन श्रद्धापूर्वक व्रत बस्ने र पूजा गर्ने व्यक्तिले धन, सन्तान, ज्ञान तथा सुख–समृद्धि प्राप्त गर्ने धार्मिक विश्वास रहेको छ।

CP Hospital Dhangadhi

भगवान विष्णुसँगै माता लक्ष्मीको पूजा गर्नाले घरमा शान्ति र समृद्धि बढ्ने जनविश्वास छ। यो व्रत प्रायः शुक्लपक्षको पहिलो बिहीबारबाट सुरु गरिन्छ र अनुराधा नक्षत्र परेको दिनलाई अझ शुभ मानिन्छ।

Attariya Hospital

पूजाका लागि बिहान स्नान गरी पहेँलो वस्त्र धारण गर्ने चलन छ। त्यसपछि पहेँलो फूल र चन्दनबाट तयार गरिएको प्रसाद भगवानलाई अर्पण गरी विधिपूर्वक पूजा गरिन्छ। व्रतको दिन शुद्ध रहँदै ‘ऊँ गुरवे नमः’ मन्त्र कम्तीमा पाँच माला जप गर्नुपर्ने मान्यता छ। यो व्रत १३ महिना वा कम्तीमा ७ महिनासम्म पालन गर्ने परम्परा रहेको छ।

nawajiwan