
अत्तरिया: जिल्ला प्रहरी कार्यालय कैलालीले इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) रण बहादुर चन्दलाई वैशाख महिनाको उत्कृष्ट प्रहरी (‘Police of the Month’) घोषणा गरेको छ।

आफ्नो जिम्मेवारी क्षेत्रमा अपराध अनुसन्धान, शान्ति सुरक्षा र कमाण्ड परिचालनमा उत्कृष्ट प्रदर्शन गरेबापत जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र चन्दले उहाँलाई प्रशंसा-पत्रसहित सम्मानित गर्नुभएको हो।

डीएसपी चन्दको नेतृत्वमा मालाखेती प्रहरीले छोटो अवधिमा हासिल गरेका मुख्य व्यावसायिक सफलताहरू यस प्रकार छन्:

- तस्करीमाथि प्रहार: रु ७,८६,७६० मूल्य बराबरको अवैध भन्सार छलीका सामानहरू बरामद।
- लागुऔषध अपरेसन: १३ ग्राम ५४० मिलिग्राम लागुऔषध (खैरो हिरोइन) सहित ११ जना प्रयोगकर्ता तथा ओसारपसारकर्ता पक्राउ।
- हतियार र फरार प्रतिवादी: १ थान अवैध भरुवा बन्दुकसहित २ जना र अन्य विभिन्न कसुरमा संलग्न ३ जना फरार प्रतिवादीहरू नियन्त्रणमा।
- अवैध मदिरा नष्ट: १२,४०० लिटर तयारी घरेलु मदिरा र ६,७०० लिटर कच्चा पदार्थ बरामद गरी नष्ट।
शान्त र सुरक्षित समाज निर्माणमा चन्दले निर्वाह गरेको अहम् भूमिकाको कदर गर्दै प्रहरी प्रशासनले यो सम्मान दिएको हो। एसपी नरेन्द्र चन्दद्वारा हस्ताक्षरित सम्मान पत्रमा आगामी दिनमा पनि अपराध अनुसन्धान र नियन्त्रणमा यस्तै उत्कृष्ट योगदान रहने विश्वास व्यक्त गरिएको छ। डीएसपी रण बहादुर चन्द मालाखेती ईप्रकाबाट डोटीमा सरुवा भएका हुन ।

































