
भारतमा ‘कक्रोच जनता पार्टी’को एक्स (Twitter) अकाउन्ट बन्द गरिएको छ। इन्स्टाग्राम फलोअर्सको संख्यामा भारतीय जनता पार्टी (भाजपा) लाई उछिनेको केही घण्टामै पार्टीको एक्स ह्यान्डल भारतमा निष्क्रिय भएको हो।

पार्टीका संस्थापक Abhijit Dipke ले आफ्नो एक्स अकाउन्टमार्फत भारतमा मुख्य ह्यान्डल बन्द भएको जानकारी दिएका छन्। तर भारत बाहेक अन्य देशमा भने अकाउन्ट सञ्चालनमै रहेको बताइएको छ।

हाल इन्स्टाग्राममा भाजपाका ८.८ मिलियन र कक्रोच पार्टीका १३.९ मिलियन फलोअर्स पुगेका छन्। एक्समा पनि पार्टीले २ लाखभन्दा बढी फलोअर्स बनाइसकेको छ। अकाउन्ट बन्दपछि संस्थापकले नयाँ ह्यान्डलमार्फत पुनः भारतीय फलोअर्स जोड्ने प्रयास गरेका छन्।

गत १५ मेमा भारतका मुख्य न्यायाधीश Suryakant ले दिएको एक टिप्पणीपछि सुरु भएको यस अभियानले बेरोजगार युवा र सामाजिक सञ्जाल प्रयोगकर्ताबीच व्यापक चर्चा बटुलेको छ।































