कृष्णपुर नगरपालिकाद्वारा लवरु राना थारु छात्रवृत्ति कार्यक्रम, सीमान्तकृत विद्यार्थीलाई उच्च शिक्षामा पहुँच विस्तार

Image
Nisarga Hospital

कृष्णपुर नगरपालिकाले आर्थिक अभावका कारण उच्च शिक्षाबाट वञ्चित हुन सक्ने सीमान्तकृत तथा विपन्न समुदायका विद्यार्थीलाई सहयोग गर्ने उद्देश्यले ‘लवरु राना थारु उच्च शिक्षा छात्रवृत्ति कार्यक्रम’ सुरु गरेको छ। सामाजिक न्याय, समावेशी शिक्षा र पछाडि पारिएका समुदायको शैक्षिक पहुँच विस्तार गर्ने लक्ष्यसहित कार्यक्रम सञ्चालनमा ल्याइएको हो।

CP Hospital Dhangadhi

नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाअन्तर्गत सञ्चालन हुने यो छात्रवृत्ति नगरभित्रका क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई प्रदान गरिनेछ। विशेषगरी अपाङ्गता भएका, दलित, जनजाति, मुक्त कमलहरी तथा अतिसीमान्तकृत र लोपोन्मुख समुदायका विद्यार्थीलाई प्राथमिकता दिइनेछ। साथै राजी, माझी, सातार, सन्थाल, थामी, बादी, मुक्तकमैया, हलिया, चरुवा र राउटे समुदायका विद्यार्थीलाई समेत लक्षित गरिएको छ।

कार्यक्रमको नाम राना थारु समुदायका पहिलो मन्त्री लवरु राना थारुको सम्मानमा राखिएको हो। उनी सामाजिक अगुवा तथा सुधारकका रूपमा परिचित थिए।

nawajiwan
Attariya Hospital

नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझाका अनुसार विद्यार्थीले क्याम्पसको सिफारिस, नियमित अध्ययन र अन्य छात्रवृत्तिको विवरण पेस गर्नुपर्नेछ। प्राप्त आवेदनका आधारमा बजेट अनुसार दामासाहीमा छात्रवृत्ति वितरण गरिनेछ।

नगरप्रमुख हेमराज ओझाले पारदर्शी र आवश्यकतामा आधारित छनोट प्रणाली अपनाइने बताउँदै यो कार्यक्रमले सीमान्तकृत समुदायका विद्यार्थीलाई उच्च शिक्षामा सशक्त बनाउने विश्वास व्यक्त गरेका छन्।