कैलालीमा तालिमका क्रममा ८ सशस्त्र जवान बेहोस्, थप उपचारका लागि काठमाडौँ लैजादै

Image
Nisarga Hospital

कैलालीको टीकापुरमा तालिमका क्रममा सशस्त्र प्रहरीका आठ जना जवान बेहोस् भएका छन्। शुक्रबार बिहान राजश्व, भन्सार तथा औद्योगिक तालिम केन्द्र टीकापुरमा नियमित दौड अभ्यास गरिरहेका बेला उनीहरू अचानक बेहोस् भएको प्रहरीले जनाएको छ।

CP Hospital Dhangadhi

इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश डाँगीका अनुसार बिहान करिब ९ बजेतिर घटना भएको हो। बेहोस् हुनेहरूमा तालिमरत जवान बलबहादुर बस्नेत, गणेश रावत, मनबहादुर बस्नेत, चिनबहादुर थामी, किरणनाथ योगी, धिरज थापा, सुरेश शाही र भूपेन्द्र बस्नेत रहेका छन्।

nawajiwan
Attariya Hospital

घटनापछि सबैलाई तत्काल टीकापुर अस्पताल पुर्‍याएर अक्सिजनसहित प्रारम्भिक उपचार गरिएको छ। उनीहरूको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत सुर्खेत पठाइएको छ। त्यहाँबाट स्काई ट्रकमार्फत काठमाडौँ लगिने तयारी भइरहेको प्रहरीले जनाएको छ।

घटनाको कारणबारे थप विवरण आउन बाँकी रहेको छ।