टीकापुरमा तालिमरत सशस्त्रका ७ जवान बेहोस, गम्भीरको हेलिकप्टरबाट उद्धार

Image
Nisarga Hospital

अत्तरियाः कैलालीको टीकापुरस्थित सशस्त्र प्रहरीको राजस्व भन्सार तथा औद्योगिक तालिम शिक्षालयमा आधारभूत तालिमका ७ जना जवान बेहोस भएका छन्। बेहोस हुनेमा बलबहादुर बस्नेत, गणेश रावत, मनबहादुर बस्नेत, चिनबहादुर थामी, किरननाथ योगी, धिरज थापा, सुरेश शाही र भूपेन्द्र बस्नेत रहेका छन्।

CP Hospital Dhangadhi

सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार बेहोस भएकामध्ये ५ जनाको अवस्था गम्भीर रहेको छ। गम्भीर अवस्थाका जवानलाई हेलिकप्टरमार्फत उद्धार गरी उपचारका लागि सुर्खेत पठाइएको छ।

Attariya Hospital

साथै, ६ जनालाई सेनाको स्काई ट्रकमार्फत थप उपचारका लागि काठमाडौँ लगेको छ। एक जना जवानको अवस्था भने सामान्य रहेको जनाइएको छ।

nawajiwan

तालिमको क्रममा अचानक बेहोस हुने घटना भएपछि उद्धार तथा उपचारमा सुरक्षा निकाय सक्रिय बनेका छन्। घटनाको कारणबारे थप अनुसन्धान भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।