सडक निर्माणमा ढिलाइपछि बैतडीको सिगास–५ वडा कार्यालयमा तालाबन्दी

Image
Nisarga Hospital

CP Hospital Dhangadhi

बैतडीको सिगास गाउँपालिका–५ मा निर्माणाधीन पुन्ढोण–खैरकोट सडकको काम लामो समयदेखि अघि नबढेको भन्दै स्थानीयले वडा कार्यालयमा तालाबन्दी गरेका छन्। सडक निर्माण संघर्ष समितिले निर्माणमा भइरहेको ढिलासुस्तीप्रति असन्तुष्टि जनाउँदै यो कदम चालेको हो।

संघर्ष समितिका अनुसार जेठ २ गते वडा अध्यक्ष राजेन्द्र चन्दलाई ज्ञापनपत्र बुझाएर जेठ ७ भित्र सडक निर्माण सुरु गराउन आग्रह गरिएको थियो। तर निर्धारित समयसम्म काम सुरु नभएपछि जेठ ८ गतेदेखि वडा कार्यालयमा तालाबन्दी गरिएको समितिका अध्यक्ष रामबहादुर धामीले बताए।

nawajiwan

यता वडा अध्यक्ष चन्दले भने उपभोक्ता समितिको लापरवाहीका कारण काम रोकिएको दाबी गरेका छन्। उनका अनुसार पूर्व वडा अध्यक्षका छोरा विरेन्द्र धामी उपभोक्ता समितिका अध्यक्ष हुन् र ३० लाख बजेटमध्ये ९ लाख रुपैयाँ पेश्की लिएर पनि काम अघि बढाएका छैनन्।

Attariya Hospital

उपभोक्ता समितिका अध्यक्ष विरेन्द्र धामीसँग प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेन। स्थानीयले सडक निर्माण सुरु नभएसम्म ताला नखोल्ने अडान लिएका छन्।