डोटीको बोगटान फुडसिलमा गाउँपालिकाको १५ शय्याको अस्पताल अलपत्र, स्थानीय स्वास्थ्य सेवा प्रभावित

Image
Nisarga Hospital

डोटीको बोगटान फुडसिल गाउँपालिका–२ स्थित केदार अखडामा निर्माणाधीन १५ शय्याको आधारभूत अस्पताल भवन लामो समयदेखि अलपत्र अवस्थामा पुगेको छ। समयमै निर्माण सम्पन्न नहुँदा स्थानीयवासी आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित हुन बाध्य भएका छन्।

CP Hospital Dhangadhi

गाउँपालिका र सिएम–प्रसन्न जेभीबीच २०७८ असार १८ गते निर्माण सम्झौता भएको उक्त अस्पताल २०७९ असार २९ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। भ्याटसहित १६ करोड ८५ लाख ४२ हजार रुपैयाँ लागतको आयोजनामा हालसम्म भवनको जग र पिल्लर उठाउने काम मात्रै भएको छ। निर्माण व्यवसायीले दुई करोड ९० लाख रुपैयाँ पेस्की रकम समेत लिइसकेको जनाइएको छ।

Attariya Hospital

गाउँपालिका अध्यक्ष कमलबहादुर गड्सिला ले पटक–पटक ताकेता र समय थप गरिए पनि निर्माणमा उल्लेखनीय प्रगति नभएको बताए। प्रदेश सरकारको पर्याप्त चासो नदेखिँदा समस्या थपिएको उनको भनाइ छ।

nawajiwan

यता निर्माण व्यवसायीका ठेकेदार दीर्घराज जोशी ले कठिन भौगोलिक अवस्था, सीमित सडक पहुँच र वर्षायाममा ढुवानी अवरुद्ध हुने समस्याका कारण निर्माण प्रभावित भएको बताएका छन्। जिल्लाका अन्य स्थानीय तहमा पनि अस्पताल निर्माणको गति सुस्त रहेको जनाइएको छ।