
अत्तरिया कैलालीको गोदावरी नगरपालिका वडा नम्रब २ स्थित अत्तरियामा महिला नेतृत्व विकास तथा सशक्तीकरण सम्बन्धि २ दिने तालिम सुरु भएको छ । गोदावरी नगरपालिका वडा नम्बर २ को आर्थिक सहयोगमा दलित महिला बाख्रा पालन समूहले तालिमको आयोजना गरेको हो ।

तालिमको आज वडा नम्बर २ का वडा सदस्य डबल बहादुर साउदले उद्धघाटन गरेका हुन् । उद्धघाटन कार्यक्रममा बोल्दै साउदले हरेक महिलामा नेतृत्व विकास हुनु आवश्यक रहेको बताए । उनले समान अधिकारका लागि महिलाहरु सशक्त हुन आवश्यक रहेको बताए । दलित महिला बाख्रा पालन समूहकी अध्यक्ष सुमीत्रा सोबले दलित महिलाको नेतृत्व विकास सरकारको प्राथमिकतामा पर्नुपर्ने बताइन् ।


उनले दलित महिलाका लागि हरेक वर्ष नेतृत्व विकास तथा सशक्तीकरणका लागि बजेट व्यवस्था गर्नुपर्ने बताइन् । दुई दिनसम्म चल्ने तालिममा आज पहिलो दिन अधिवक्ता पुष्पविक्रम शाहीले प्रशिक्षण गरेका थिए । तालिममा ६० जना महिलाहरु सहभागी रहेका छन् ।
































